राजनीति

एमाले अध्यक्ष र चिनियाँ विदेश उपमन्त्रीबीच भेटवार्ता

इकागज |
माघ १३, २०८० शनिबार १४:३ बजे

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित विकास निर्माणबारेमा छलफल भएको छ ।


उक्त भेटघाटमा चिनियाँ राजदुत तथा एमाले विदेश विभाग प्रमुख राजन भट्टराइलगायतको उपस्थिति रहेको थियो । 

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी थिइन् ।
 


Author

थप समाचार
x