राजनीति

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ : नेता कोइराला

इकागज |
माघ १४, २०८० आइतबार १३:३५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए। उनले चीनको आर्थिक विकास पनि प्रशंसा योग्य रहेको बताए ।


नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए।


Author

थप समाचार
x