राजनीति

एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानुन बनाउनुपर्छ : केपी ओली

इकागज |
माघ १४, २०८० आइतबार १७:३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौँमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानुन बनाउनुपर्नेमा जोड दिए । एसिड आक्रमणको समस्याको समाधान दण्डबाट मात्रै समाधान नहुने भन्दै उनले मानवीय चेतनामार्फत् पनि समाधान खोजिनुपर्ने जिकिर गरे ।


भरपर्दो कानुन निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिनसक्नुपर्ने उनको भनाइ छ । ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको भन्दै अन्य प्रभावकारी सजायहरू निर्धारण हुनुपर्ने धारणा राखे ।

एसिड आक्रमणबाट पीडित भएकाहरूको कथालाई समेटेर नमेटिने घाउ चलचित्र निर्माण हुन लागेको हो ।


Author

थप समाचार
x