सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले सरकारी सञ्चार माध्यम भजनमण्डली जस्तो नभएर स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी हुन् । जनताका अपेक्षा र सरकारको कामलाई सरकारी सञ्चार माध्यमले जोड्न सक्नुपर्ने उनको भनाइ छ ।
मन्त्री शर्माले विधेयकलाई समयसापेक्ष बनाउन राष्ट्रिय सभाको संशोधन र अहिले आउने संशोधनलाई ध्यान दिइने जिकिर गरिन् । मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक ठाउँमा मर्ज गरेर उन्नत स्तरको सञ्चार माध्यम बनाउने गरी तयारी गरिएको धारणा राखिन् । उनले संसदको आगामी अधिवेशनमा विधेयकहरूलाई पेस गर्ने गरी पारित गर्नुपर्नेमा जोड दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया