खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरूलाई कडा कारबाही हुने गरी कानुन बनाउनुपर्नेमा जोड
काठमाडौँ- सांसदहरूले मानव स्वास्थ्यमा असर खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरूलाई कडा कारबाही हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकमाथिको छलफलका क्रममा उनीहरूले मानव स्वास्थ्यमा असर पर्ने उत्पादन गर्ने उद्योगहरूलाई बन्द नै गर्ने गरि कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
विधेयकमाथिको संशोधनकर्ताहरू सांसदले कानुनलाई संघीयताको मर्म अनुसार अन्तिम रूप दिनुपर्ने सुझाव समेत दिएका छन् । सांसद जीवन परियारले विधेयकमा रहेका केन्द्रीकृत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने सुझाव दिए । उनले विधेयकमा गुणस्तर र मापदण्डलाई पनि समेट्नुपर्ने, विधेयक कार्यान्वयनका लागि बनाउनुपर्ने नियमावलीलाई कम गर्नुपर्ने लगायतका सुझाव दिए ।
त्यस्तै सांसद गोकुल बाँस्कोटाले खाद्य पदार्थको भ्रामक प्रचार गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले ल्याब परीक्षण नगरि गलत दाबी गरेर बजारमा भ्रम फैलाएर व्यापार गर्न नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
त्यस्तै सांसद सुमना श्रेष्ठले उत्पादनमा उत्सर्जन हुने फोहर सम्बन्धित उद्योगहरूले व्यवस्थापन गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया