राजनीति

सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने तयारीमा लागेका छौँ : स्वास्थ्यमन्त्री तामाङ

इकागज |
जेठ २४, २०७८ सोमबार १७:३३ बजे

काठमाडौँ  : स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोभिढ नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका हुन् । 

मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि बताए । त्यस्तै मन्त्री तामाङले भविष्यमा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसंग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको दाबी गरे ।


 उनले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यहि रुपमा कार्य गर्न निर्देशन दिएको उनको भनाइ छ । स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुर्नसंरचना गरी सो कार्यलाई अघि बढाउने पनि बताए । 

 


Author

थप समाचार
x