राजनीति

ओली पृथक् पहिचान बनाउन सफल सर्वाधिक प्रतिभाशाली नेता​ : पूर्वराष्ट्रपति भण्डारी

इकागज |
माघ १६, २०८० मंगलबार १८:४७ बजे

काठमाडौँ​- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री केपी ओली सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा संसदमा केपी शर्मा ओली नामक पुस्तक लोकार्पण गर्दै भण्डारीले समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउन सफल सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी हुन् । उनले ओलीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण भएको धारणा राखिन् ।


नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक अभिव्यक्तिहरूको दस्तावेजीकरणले ठूलो महत्व राख्ने उनले बताइन् । यस्ता अभिलेखहरू भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्ने उनको भनाइ छ ।


Author

थप समाचार
x