राजनीति

नेपाली सांसदको टोली भारतीय संसद्‌मा जाँदै, नेपाली दूतावासले दियो तीन सुझाव (तस्बिरहरू)

इकागज |
माघ १७, २०८० बुधबार ७:५८ बजे

काठमाडौँ- भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाई स्वागत गरिएको छ ।

भारतीय संसद्‌को अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाई भारतीय संसद्‌को चिफ अफ प्रोटोकलले स्वागत गरेको हो ।


३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले भारतीय पक्षसँग कुराकानी गर्नको लागि विभिन्‍न सुझावहरू दिएको छ । जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्राफिकिङको समस्यालगायतका एजेन्डा उठाउन सुझाव दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरू मंगलबार भारत प्रस्थान गरेका थिए ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरू भारत गएका हुन् । भारत भ्रमणमा जानेहरूमा सभापति यादवसहित सांसदहरू सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् ।


Author

थप समाचार
x