खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ : रक्षामन्त्री खड्का
काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् । मुलुकको नाम राख्ने खेलाडीहरूको उत्पादन जरुरी रहेकाले खेलाडीहरूलगायत पूर्वाधारको विकासमा सरकारले विशेष ध्यान दिने उनले बताए । उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
नेपाल कराँते महासंघको तत्वाधन एवं जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरूको सहभागिता रहेको छ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष/महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया