राजनीति

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

इकागज |
माघ १९, २०८० शुक्रबार १०:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

ओली र प्रचण्डले आगामी बजेट अधिवेशन र समसामयिक राजनीतिबारे छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।


प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।


Author

थप समाचार
x