जनप्रतिनिधि खाली भएका देशभरका २३ स्थानमा उपनिर्वाचन हुने, मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान
फाइल तस्बिर
काठमाडौँ - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । देशभर जनप्रतिनिधि खाली भएका २३ स्थानमा आयोगले उपनिर्वाचन गर्ने तयारी थालेकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको हो ।
२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त भएकाले उक्त पदहरूमा कानुन बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको आयोगले सोमबार एक सूचना जारी गर्दै जनाएको छ ।
उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
आयोगले नियमित रुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।
आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग ले आव्हान गरेको छ ।
निर्वाचन हुने स्थानहरू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया