Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

राजनीति

राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

इकागज |
माघ २४, २०८० बुधबार १०:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौँमा बस्दै छ ।​

संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौँमा बस्न लागेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभएपछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौँ आइसकेका छन् ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।

पहिलो बैठक गत असार १६ गते पोखरामा बसेको थियो ।


Author

थप समाचार
x