त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारी कम हुँदा समस्या देखियो : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारी कम हुँदा सेवा प्रवाहमा केही समस्या देखिएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा अध्यागमन विभागमा नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्ने वेबसाइटको उद्घाटन गर्दै श्रेष्ठले अहिले विमानस्थलको अध्यागमनमा कोही पनि कर्मचारी जान नमान्ने देखिएकाले सेवा प्रवाहमा केही समस्या देखिएको भन्दै उक्त समस्या छिट्टै समाधान हुने बताएका हुन् ।
अध्यागमनमा भएको सेटिङलाई सरकारले भत्काएको र कतिपय अधिकृत स्तरका कर्मचारी लगायतलाई प्रहरीले पक्राउ गरेको उनले बताए । उनले सेटिङको आधार भिजिट भिसाको कार्यविधि खारेज गरेपछि नयाँ अवस्था सिर्जना भएको धारणा राखे । उनले विमानस्थलमा केही समयभित्रै अन्तर्राष्ट्रिय स्तरको अध्यागमन सञ्चालन गर्ने जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठले किर्ते, जालसाजी गर्ने र राज्यलाई लुट्ने राजनीतिक व्यक्ति, कर्मचारी जो सुकैलाई भए पनि कारबाही गर्न सरकार पछि नहट्ने स्पष्ट पारे । उनले सुन प्रकरण, नक्कली शरणार्थी प्रकरण लगायतदेखि बाँसबासी जग्गा प्रकरणको अनुसन्धानबाट सरकार पछि नहट्ने र दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया