राजनीति

सर्वोच्चद्वारा मन्त्रिपरिषद् पुनर्गठनको कारण माग

इकागज |
जेठ २५, २०७८ मंगलबार १५:२४ बजे

काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्नु पर्नाको कारण १५ दिनभित्र विपक्षीका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कारण पेस गर्न भनेको हो । 

८ असारमा अन्तरिम आदेशसम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् पुनर्गठनमा अन्तरिम आदेश दिन माग गर्दै रिट दायर गरेका थिए । 


ओलीले जेठ २१ गते जसपाका ८ मन्त्री र २ राज्यमन्त्री  नियुक्त गरेका थिए । सुनुवाइ भिडियो कन्फरेन्सिङ्गबाट भएको थियो । 

रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको थियो । 


Author

थप समाचार
x