राजनीति

प्रदेश २

स्थानीय तहमा अनुदान पठाएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध

इकागज |
जेठ २५, २०७८ मंगलबार १६:१९ बजे

काठमाडौँ  : प्रदेशसभा सदस्यहरूसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदान पठाएको भन्दै विपक्षी दलहरूले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।  मंगलबार प्रदेशसभा बैठक सुरु भएसँगै विपक्षी दलका प्रदेशसभा सदस्यले सशर्त अनुदान स्थानीय पालिकामा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

यस विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग उनीहरूले राखेका छन् ।  मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बिपक्षी सांसदहरूले बताएका छन् । विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गरेका थिए । 



Author

थप समाचार
x