आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ- स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेसा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पूरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका हुन् ।
अहिलेको व्यवस्थामा आफूहरूको माग पूरा गराउन यसअघि विद्यालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए । मन्त्री बस्नेतले आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे ।
शिक्षकहरूको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भए पनि चिकित्सा क्षेत्रको पढाइ भने सहज नभएको बताए । यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए ।
उनले नेपाललाई मेडिकल शिक्षाको हब बनाएरै छाड्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया