राजनीति

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका अधिकांश स्थानीय तहले दिए 'जनयुद्ध दिवस'मा बिदा

इकागज |
फागुन १, २०८० मंगलबार ७:३४ बजे

काठमाडौँ- सर्वोच्च अदालतको आदेश विपरित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका अधिकांश स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यानदेखि बागमती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन् ।


कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकालगायतले पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।


Author

थप समाचार
x