राजनीति

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्‍न : शेखर कोइराला

इकागज |
फागुन १, २०८० मंगलबार १७:१५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायको बिषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाईनु नहुने बताएका छन् । 

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए ।


'संक्रमणकालीन न्यायको बिषयलाई सत्ताको भर्याङ्ग र राजनीतिक लेनदेनको मुद्दा नबनाईयोस,' कोइरालाले भने । कोइरालाले पीडितहरूको सहमति बेगर संक्रमणकालीन न्यायको मुद्दा समाधान नहुने भन्दै एकपक्षीय ढंगबाट यसलाई टुङ्ग्याउन खोजे यसले थप जटिलता सिर्जना गर्ने समेत बताए ।

कोइरालाले ६ महिनामा यसलाई टुङ्गयाउँने भनेर सम्बिधानमा लेखिएपनि यति लामो समय सम्म यसको समाधान नगर्दा मानवअधिकारको बिषयमा अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख गिरेको बताए ।

कोइरालाले नेतालाई लोकतन्त्र आएपनि जनतालाई अझै वास्तविक लोकतन्त्र नआएको बताए ।  लोकतन्त्रमा कानुनी शासन र मानव अधिकार भएन भने लोकतन्त्र नहुने उनले बताए।

‘कानुनी राज्यको त कानूनी शासनको खिल्ली उडाइरहेको छ। मानव अधिकार आयोगका अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँहरुले दिएका निर्देशन सरकारले पालना गर्नुपर्दैन, गरेको छैन। त्यस्तो अवसथाबाट हामी जाँदैछौं,’ उनले भने।


Author

थप समाचार
x