लघुवित्तलाई स्वस्थ बनाउनका लागि सरकारले गम्भीर पहलकदमी लिएको छ : अर्थमन्त्री
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तलाई स्वस्थ बनाउनका लागि सरकारले गम्भीर पहलकदमी लिएको बताएका छन् ।
शनिबार काठमाडौँमा चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चासोको विषय भएको भन्दै सरकारले गम्भीर पहलकदमी लिएको बताएका हुन् । उनले लघुवित्तलाई गरिबमुखी विपन्न नागरिक र महिलाहरूको आर्थिक उत्थान गर्ने माध्यमको रूपमा अघि बढाउनु पर्ने र राष्ट्र बैंकले उचित निगरानी गर्नुपर्ने बताए ।
अर्थमन्त्री महतले ऋण तिर्न नपर्ने भन्दै नागरिकको भावनामाथि खेल्न खोजिएको भन्दै यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेको उनले बताए । उनले यसमा सबै प्रतिवाद गर्न तयार हुनुपर्ने र सरकार पनि चुप लागेर नबस्ने स्पष्ट पारे ।
मन्त्री महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया