राजनीति

एमाले प्रदेश सचिव रावलले दिए मन्त्री सोडारीविरुद्ध जाहेरी

इकागज |
जेठ २६, २०७८ बुधबार २०:१६ बजे

धनगढी : सुदूरपश्‍चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । नेकपा एमाले सुदूरपश्‍चिम (ओली पक्ष) का सचिव राजेन्द्र रावलले सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । 

सोडारीविरुद्ध  सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रदेश सचिव रावलले सोडारीले आफ्नो कार्यकक्षमै सोमबार साँझ हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।


मुख्यमन्त्रीलाई विश्‍वासको मतदान नगर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले आरोप लगाएका छ्न ।


Author

थप समाचार
x