राजनीति

ध्रुव शाही र पार्वती विसुंखे चर्चामा सीमित, कर्णालीबाट मोहन बानियाँ मन्त्री बन्दै

इकागज |
जेठ २७, २०७८ बिहीबार १२:३९ बजे

काठमाडौँ : कर्णाली प्रदेशबाट संघीय सरकारमा मन्त्री बन्ने लाइनमा रहेका सुर्खेतका सांसद ध्रुव शाही र दैलेखकी सांसद पार्वती विसुंखे ‘रिङआउट’ भएका छन् । खासै चर्चामा नआएका मोहन बानियाँ भने विना विभागीय मन्त्री बन्ने भएका छन् । 

हालै माधव नेपाल गुटबाट ओली गुटमा प्रवेश गरेका शाही र विसुंखे मन्त्री बन्ने चर्चा धेरै थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका सांसद बानियाँलाई विना विभागीय मन्त्री बनाएका हुन् ।


मुगुको खत्याड गाउँपालिका ३ स्थायी घर भएका बानियाँ समानुपातिक सांसद हुन् । २०७० सालको दोस्रो संविधानसभा सभाषद समेत रहेका उनी २०७४ सालको चुनावमा समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा आएका हुन् । 

समानुपातिक, समावेशी कोटाबाट विसुंखेको चर्चा अझ धेरै थियो । मन्त्रिपरिषदमा एक जना दलितको प्रतिनिधित्व गराउन पनि विसुंखेलाई मन्त्री बनाउनुपर्ने बाध्यता पनि थियो । तर माधव गुट छाडेर ओली गुटमा लागेका शाही र विसुंखे दुवैलाई ओलीले तत्कालै पत्याएको देखिएन । 

पहिलेदेखि नै आफ्नो पक्षमा रहेका बानियाँलाई ओलीले मन्त्री नियुक्त गरेर माधव नेपाल गुट छाडेर आएकामाथि अविश्वास कायमै राखेका छन् । 


Author

थप समाचार
x