राजनीति

सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत

इकागज |
फागुन २०, २०८० आइतबार १४:२६ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सबै मिलेर डिजिटल नेपालको उद्घोष र संकल्पलाई सफल बनाउनुपर्ने बताएका हुन् । उनले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वनीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने जिकिर गरे ।


मन्त्री बस्नेतले मुलुकका सामु देखिएका चुनौतीहरूलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । सूचना मार्गको विस्तारलाई तीव्रता दिनुपर्ने भन्दै उनले यसमा देखिएको समस्या छिट्टै हल गर्नुपर्ने उनले बताए । उनले दूरसञ्चार क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै ऊर्जामन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई नियमन गर्न प्राधिकरणलाई देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताए । 


Author

थप समाचार
x