मन्त्रालयको सिट र कार्यविभाजन टुंग्याउन ४ सदस्यीय कार्यदल गठन
काठमाडौँ- मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनपछि निर्माण हुने सरकारको मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।
जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको शपथसँगै मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउने बुझिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया