माओवादीले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । जस अनुसार गण्डकीमा कांग्रेसको २७ सांसद छन् ।
नेकपा एमालेको २२, माओवादीको ८, राप्रपा २ र एकीकृत समाजवादीका १ सांसद छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया