राजनीति

सांसद थापा कारबाही प्रकरण

गण्डकीका सभामुख अधिकारीलाई छलफलका लागि सर्वोच्चले बोलायो

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:५२ बजे

काठमाडौँ : राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशमा निर्वाचित कृष्ण थापाको सांसद पद पुनःस्थापनासम्बन्धी अन्तरिम आदेश खारेज गर्न भन्दै सभामुखले दायर रिटमा ३१ जेठमा पेसी तोकिएको छ । 

त्यसमा विपक्षी रिट निवेदक गण्डकी प्रदेश सभाका नेत्रनाथ अधिकारीलाई सूचना दिन सर्वोच्चले भनेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बिहीबारको इजलासले ३१ गते पेसी तोकी नियमानुसार पेस गर्न प्रशासनलाई निर्देशन दिएको हो । 


थापालाई पार्टी ह्वीप अनुरुप मतदान नगरेको भन्दै जनमोर्चाले सांसद पद नरहने गरी कारबाही गरेको थियो । त्यो कारबाहीविरुद्ध थापा सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

त्यसविरुद्ध गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी वारेरमार्फत रिट लिएर सर्वोच्च पुगेका थिए । त्यो रिटमा न्यायाधीशद्वय मल्ल र चुडालको इजलासले ३१ गते पेसी तोकेको हो । 


Author

थप समाचार
x