राजनीति

बागमतीमा नीति तथा कार्यक्रम

१२ घण्टाभित्र संशोधन पेस गर्न पाइने

इकागज |
जेठ २७, २०७८ बिहीबार १९:५३ बजे

हेटौंडाः बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको सूचना ४८ घण्टाभित्र सचिवलाई दिनुपर्ने नियम निलम्बन भएको छ । 

प्रदेशसभा बहुमतले सांसद दिपक निरौलाले पेश गरेको प्रदेशसभा नियमावली २०७४ को नियम ३७ को उपनियम १ को नीति तथा कार्यक्रम प्रस्तुत भएको ४८ घण्टाभित्र संशोधन प्रस्तावको सुचना सचिवलाई दिनुपर्नेछ भन्‍ने ४८ घण्टे समायावधि सम्बन्धी व्यवस्था प्रदेश सरकारको आव ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा लागू नहुने गरी सोही नियमावलीको नियम २११ को उपनियम १ बमोजिम निलम्बन प्रस्ताव स्वीकृत गरेको हो ।  


अब आगामी नीति तथा कार्यक्रम घोषणा भएको १२ घण्टाभित्र कार्यव्यवस्था शाखामा संशोधन पेश गर्न सकिने सभामुख सानुकुमार श्रेष्ठले बताए । सभामुख श्रेष्ठका अनुसार शुक्रबार बिहान ६ बजेसम्म मात्रै संशोधनको प्रस्ताव पेश गर्न पाइनेछ । बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । 

 


Author

थप समाचार
x