राजनीति

फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

इकागज |
जेठ २७, २०७८ बिहीबार २०:६ बजे

काठमाडौँ  : सर्वाेच्च अदालतले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन 'फ्लोर क्रस' गर्ने एमाले (माधवकुमार नेपाल समूह) का चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  

पार्टी अनुशासन तथा ह्वीप उल्लंघन गरेको भन्दै एमाले (केपी शर्मा ओली समूह)ले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो । चारै जना प्रदेश सभा सदस्यले पार्टीको कारबाही बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।  


 

  


Author

थप समाचार
x