स्रोतसाधनको अधिकतम उपयोगमा विशेष ध्यान दिन्छु : मन्त्री भण्डारी
कैलाली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने कुरामा आफ्नो विशेष ध्यान जाने बताएका छन् ।
प्रेस चौतारी नेपाल, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उद्योग तथा खानीसँग सम्बन्धित स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान जाने बताए ।
सुदूरपश्चिममा सुक्खा बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन द्रुत गतिमा काम गरिने मन्त्री भण्डारीको भनाइ छ ।
आफ्नो यो कार्यकाललाई एउटा विशेष अवसरको रूपमा लिएको बताउँदै उनले यहाँका उद्योग व्यवसाय आपूर्तिसँग जोडिएका सुदूरपश्चिमका थुप्रै सम्भावनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
लगानी सम्मेलनमार्फत अहिले लगानीमैत्री वातावरण किन बन्न सकेन त्यसको यथेष्ट मात्रामा खोजी गरिने उनको भनाइ थियो । उनले बाह्य लगानी भित्र्याउन कानुन तथा नीतिमा रहेका अस्पष्टतालाई हटाएर स्पष्ट नीति तथा कानुन निर्माण गरिने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया