सीआईबीको प्रमुखमा श्यामलाल ज्ञवाली
फाइल तस्बिर
काठमाडौँ- सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गरेको छ । बज्राचार्यलाई कार्य विभाग प्रमुखमा सरुवा गरेको हो । सरकारले बज्राचार्यको स्थानमा अर्का प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई ल्याएको छ ।
सिंहदरबारमा बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले औंल्याएका विषयलाई निर्णयमा लैजाने सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले बताइन् । आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् । उनले सरकारले सुरुदेखि नै दोषी नउम्कने र निर्दोषलाई नफसाउने स्पिरिटमा काम गरिरहेकाले सुन प्रकरणमा कोही पनि दोषी नउम्कने दाबी गरिन् ।
त्यस्तै उनले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा संसद् अवरोध गरेको बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया