राजनीति

कानुनी प्रक्रिया पूरा गरेर भूमिसम्बन्धी समस्या समाधान गर्छौं : मन्त्री अधिकारी

इकागज |
चैत ३, २०८० शनिबार १७:३४ बजे

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पूरा गरेर भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमाले बाणगंगा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताए ।


मन्त्री अधिकारीले यसअघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौँ समस्या हुने भएकाले विधि र प्रक्रियाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्त्रालय मन्त्रालयबीच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रूपमा गर्न आफू लागि पर्ने धारणा राखे ।

जनताका लागि काम गर्दा आफूलाई पदको कुनै मोह नरहेको उनले बताए ।। 


Author

थप समाचार
x