कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा
फाइल तस्बिर
काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।
शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो । छाड्ने निर्णयअघि सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमति लिएको थियो ।
महरालाई कपिलवस्तुबाट चैत ५ गते पक्राउ गरिएको थियो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया