राजनीति

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छ : मन्त्री बस्नेत

इकागज |
चैत १०, २०८० शनिबार २०:४६ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशययुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन् ।

गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बताए । मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाड जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।


'अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ,' मन्त्री बस्नेतले भने । उनले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी थिए ।


Author

थप समाचार
x