राजनीति

होली पर्व मनाउँदै गृहमन्त्री लामिछानेले भने : गठबन्धन गरेर मैले सरकारमा ठूलो काम गरेँ

इकागज |
चैत ११, २०८० आइतबार १४:४४ बजे

काठमाडौँ- उपप्रधान गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन् ।

उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन् । सो अवसरमा बोल्दै अहिले गठबन्धन गरेर सरकारमा आफूले ठूलो काम गरेको दाबी गरे ।


चितवनकै कारण आफू हरेक सुख दुःखमा साथ सहयोगले नयाँ उचाइमा पुगेको उनले बताउए । उनले भ्रष्टाचार नियन्त्रणमा जतिसुकै ठूला माछा भए पनि नागरिकले कारबाही गर्ने अधिकार दिएको उल्लेख गरे ।

लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामा पत्र अहिलेदेखि झोलामा तयार रहेको दोहोर्याए ।


Author

थप समाचार
x