राजनीति

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : डा. भट्टराई

इकागज |
जेठ २९, २०७८ शनिबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा औली भाइरस पोखरामा पनि सल्किएको बताएका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा डा. भट्टराईले ओली भाइरसबारे भ्रममा नपरेर सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन् । 

'ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै  भ्रममा नपरौं,' डा. भट्टराईले ट्‍वीटरमा लेखेका छन्, 'सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !'



Author

थप समाचार
x