विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री उप्रेती
फाइल फोटो
काठमाडौँ - रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताएका हुन् ।
उनले नदीजन्य वस्तुको अभावले फास्ट ट्रयाक बनाउन ढिलाई भएको पाइएकाले सेनालाई क्रसर राखेर काम गर्न भनेको पनि धारणा राखे । फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेका र आफूले यसको तयारी गरिरहेको उनले बताए ।
मन्त्री उप्रेतीले सेनाले गरेको हर कामको अनुगमन र निरीक्षण गर्ने र ढिलाईको कारण पत्ता लगाउने दावी गरे ।
उनले देश बनाउने संकल्प सबैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया