हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो ।
डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया