सबै मन्त्रालयले महिला सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्छ : मन्त्री चौधरी
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै मन्त्रालयले आधाभन्दा बढी जनसङ्ख्या भएका महिलाको सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्ने बताएकी छन् ।
संयुक्त राष्ट्रसङ्घ नेपाल, ग्लोबल कम्प्याक्ट नेपाल, युन वुमनलगायतले संयुक्त रूपमा आज आयोजना गरेको ‘लैङ्गिक समानताका लागि रिङ द बेल’ कार्यक्रममा उनले महिला आर्थिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि परेको हुँदा सबै मन्त्रालयले बजेट छुट्याउनुपर्ने बताइन् ।
'महिला सशक्तीकरणका लागि मन्त्रालयले ४२ प्रतिशत बजेट छुट्याएको छ,' मन्त्री चौधरीले भनिन्, '५१ दशमलव चार प्रतिशत महिलाको जनसङ्ख्या छ, महिलालाई सबै मन्त्रालयले बजेट छुट्याउन जरुरी छ ।'
उनले सात सय ५३ वटै पालिकामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने र नेपालको संविधान र कानुनले व्यवस्था गरेको हक अधिकारको कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।
मन्त्री चौधरीले ६९ प्रतिशत साक्षरता दर भएको र अझै साक्षरता दर बढाउनका लागि सबै निकायले ध्यान दिन अनुरोध गर्दै मुलुकको विकास र सामाजिक न्यायका लागि महिलामा लगानी जरुरी भएको बताइन् ।
कार्यक्रममा सहभागीले ‘महिलामाथि लगानी गरौँः प्रगतिलाई द्रुत गति प्रदान गरौँ’ भन्ने ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई कार्यान्वयन गर्न सबै निकाय एकताबद्ध हुनुपर्ने धारणा राखेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया