राजनीति

प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

इकागज |
चैत १९, २०८० सोमबार ११:३९ बजे

काठमाडौँ- प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।


राष्ट्रिय तथ्यांङ्कका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x