राजनीति

प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

इकागज |
चैत १९, २०८० सोमबार १४:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

सोमबार संघीय संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।


रायाविरुद्ध कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x