समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आव्हान
फाइल तस्बिर
काठमाडौँ - संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।
मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।
इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल- [email protected] मा पठाउन आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया