इलाम २ उपनिर्वाचन : अहिलेसम्म कति जनाले गराए उम्मेदवारी दर्ता ?
काठमाडौँ- अहिलेसम्म इलाम २ मा ७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्यकर्ताहरूको जुलुससहित निर्वाचन कार्यालय पुगेर उनीहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट सुहाङ नेम्वाङ, जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।
इलाम-२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशन गर्ने जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया