राजनीति

सुदूरपश्‍चिम प्रदेश

सरकारको नीति तथा कार्यक्रम पारित

इकागज |
जेठ ३०, २०७८ आइतबार १८:४७ बजे

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले पनि पछिल्लो समय प्रदेश सभामा सरकारलाई मौन समर्थन गर्दै आएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


Author

थप समाचार
x