राजनीति

प्रदेश २

नीति तथा कार्यक्रम बहुमतले पारित

इकागज |
जेठ ३०, २०७८ आइतबार २०:४० बजे

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ २७ गते प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि आइतबार सभामुख सरोजकुमार यादवले बहुमतले पारित भएको घोषणा गरेका हुन ।

सो नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य सीता गुरुङ, शिवचन्द्र चौधरी, दिलिप साह र सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएको थिए । ती संशोधन प्रस्तावमा गरिएका मांगहरू र छलफलमा उठेका विषय बारे मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिँदै सकेसम्म सबै कुरालाई समेट्ने प्रतिबद्धता जनाएपछि सीता गुरुङ, शिवचन्द्र चौधरी र सुन्दरबहादुर विश्वकर्माले आ-आफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।  सांसद दिलिप साहले भने फिर्ता लिएनन् ।


उनले संशोधन प्रस्ताव फिर्ता नलिए पनि उनको सो प्रस्ताव बहुमतले अस्वीकृत भयो । नीति तथा कार्यक्रम बहुमतले पारित भएसंगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । असार १ गतेका दिन सरकारले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि सत्तारुढ दल जसपा र कांग्रेसले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न व्हीप जारी गरेको थियो । 


Author

थप समाचार
x