राजनीति

वायु सेवा निगमलाई पर्यटनमन्त्रीको चेतावनी : सुधारका लागि एक हप्ताको समय दिन्छु, नत्र हस्तक्षेप

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:३६ बजे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।सोमबार काठमाडौँको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले निगममा सरकारले आशा गरे जस्तो सुधारका लागि ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

उनले निगममा देखिएको कमिकमजोरी सच्याउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदा हुदै पनि उचित प्रयोग नभएको गुनासो आएको उनको भनाइ छ । उनले विगत एक बर्षदेखि आन्तरिक उडान नहुनुको बस्तुनिष्ट कारण खोजिने उनले बताए । 


कोभिड संक्रमणले हवाइसेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख ताक्ने काम बन्द गरेर कार्याेजना ल्याउन मन्त्री अगरियाले निर्देशन दिएका हुन् । 

 


Author

थप समाचार
x