राजनीति

गण्डकी प्रदेश

जनमोर्चा सांसद थापाको पद सर्वोच्चद्वारा खारेज

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:४७ बजे

काठमाडौँ  : सर्वाेच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।  सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ ।  थापालाई पुनर्वहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दर्ता गरेका थिए ।  



Author

थप समाचार
x