राजनीति

गण्डकी सरकारले नारायणी नदीको किनारमा 'बिच पार्क' बनाउने

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:५९ बजे

पोखरा : गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगाा, गिटी र बालुवा उत्खनन्, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यसबारे जानकारी गराएकी हुन् ।

गण्डकी प्रदेश सरकारले नारायणी नदीमा 'बिच पार्क' बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने जनाइएको छ । धौलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै बिदा पर्यटन कार्यक्रमले निरन्तरता पाउने भएको छ ।


नवलपुर, तनहुँ र कास्कीमा एकएक वन-पैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ । जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखामा वृक्षारोपणलाई निरन्तरता दिइने जनाइएको छ । गण्डकीको तल्लो तटबाट हिमालसम्म फैलिएको स्रोत, विविधता, प्रजातिको अभिलेखीकरणका लागि 'वायो डाइभर्सिटी प्रोफाइल' बनाइने कार्यक्रम प्रदेश सरकरको छ । मुस्ताङमा कस्तुरी संरक्षणका लागि केन्द्र स्थापना गरिने भएको छ ।


Author

थप समाचार
x