राजनीति

बागमती प्रदेश सभा सदस्य वैद्यमाथि कारबाही भए कांग्रेसले सशक्त प्रतिवाद गर्ने

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:२१ बजे

हेटौंडा  : आफ्ना सांसद नरोत्तम वैद्यलाई पक्राउ नगर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रहरीको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सांसद वैद्यविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाब र प्रभावमा जाहेरी दर्ता भएको भन्दै कांग्रेस बागमती प्रदेशको संसदीय दलको ध्यानाकर्षण गराएको संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए । 

बानियाँले विज्ञप्ति जारी गर्दै वैद्यलाई पक्राउ नगर्न आग्रह पनि गरेका छन् ।  ‘प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर प्रदेश सभाको सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संविैधानकि व्यवस्थाको पूर्णरुपमा बर्खिलाप बदनियतपूर्ण तवरबाट जाहेरी दर्ता भएको प्रतिबागमती प्रदेश संसदीय दलले गम्भीर आपत्ति प्रकट गर्दछ ।’


प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभाको विशेषाधिकारको हनन् गर्दै प्रदेश सभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकयाले यसो गर्न काुननी अधिकार छैन साथै संवैधानिक मूल्य र मान्य र संसदीय अभ्यासमाथि गम्भीर आघात पुर्‍याएको दलले ठहर गरेको छ । यसप्रति संसदीय दलले घोर भर्त्सना  गर्दछ ।’ 

आवश्यक परेमा गैरसंवैधानकि कार्यको नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेश सभामा शसक्त प्रतिवाद गर्ने दलका नेता इन्द्र बानियाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


Author

थप समाचार
x