राजनीति

प्रदेश-२ सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

इकागज |
जेठ ३१, २०७८ सोमबार २०:४७ बजे

जनकपुरधाम : प्रदेश-२ सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन भएको छ । सोमबारको प्रदेश सभा बैठकले समिति गठन गरेको हो । मस्यौदा समितिमा प्रदेश सभा सदस्यहरू रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, सावित्रीदेवी साह र सुन्दरबहादुर विश्वकर्मा छन् । 

बैठकमा प्रदेश सभा सदस्य पारसप्रसाद साहले प्रदेश सभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस भन्‍न‍े प्रस्ताव पेस गरेका थिए । प्रस्ताव सर्वसम्मत पारित भएको हो । साहले प्रदेश मन्त्रालय परिवर्तन भएपछि विषयगत समितिको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेश सभालाई सूचना प्रविधिमैत्री बनाउन र सचिवालयलाई अझ व्यवस्थित एवं प्रभावकारी बनाउन समिति गठनको प्रस्ताव गरेका थिए ।


प्रदेश सभा कार्यसञ्‍चालन नियमावली २०७५ को नियम २२३ बमोजिम प्रदेश सभा कार्यसञ्‍चालन नियमावली संशोधन मस्यौदा समिति गठनको  प्रस्तावमा प्रदेश सभा सदस्य प्रमिलादेवी दासले समर्थन गरेकी थिइन् । 

समितिले नेपालको संविधान २०७२ को धारा १९३, १९४ र १९५ बमोजिमको कार्यक्षेत्र व्यवस्थित गर्ने, नियमावलीलाई समयअनुकूल बनाउने, प्रदेश सभा र सचिवालयलाई व्यवस्थित एवं प्रभावकारी बनाउन काम गर्नेछ ।


Author

थप समाचार
x