संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा मन्त्री शर्माको जोड
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।
शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले विगतका भन्दा निकै राम्रो संविधान बने पनि केही त्रुटीहरूलाई संशोधन गर्दै संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले संविधानमा उल्लेख मौलिक अधिकार र अन्य धाराहरुमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्ने अवस्थामा पुगे व्यवस्थाका साथै अवस्था पनि परिवर्तन हुने धारणा राखिन् ।
राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरूलाई व्यवहारमा उतार्न गम्भीरता पूर्वक लाग्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले संविधान, व्यवस्था र कानुनका कुरा जनतामा लैजान नसक्दा कार्यान्वयनमा केही समस्या देखिएको धारणा राखिन् । उनले मुलुकको परिवर्तनप्रति देखिएका नकारात्मक भावलाई हटाउन व्यवहारमा सुधार गर्दै जानुपर्ने जिकिर गरिन् ।
उनले व्यवस्था सञ्चालन गर्नेको दोष व्यवस्थाले भोग्नु नहुने र गल्ती गर्ने जतिसुकै ठूला मान्छे भएपनि कानुनी दायरामा आउने स्पष्ट पारिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया