राजनीति

निर्वाचन आयोगले तटस्थ भूमिका निर्वाह गर्न नसकेको जसपाको निष्कर्ष

एक पक्षीय हित अनुरूप गरिएको निर्णय मान्य नहुने ठहर

इकागज |
असार १, २०७८ मंगलबार १३:५ बजे

फाइल तस्‍बिर

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको निष्कर्ष निकालेको छ । आज विज्ञप्‍ति जारी गर्दै अध्यक्ष उपेन्‍द्र यादवले आयोगको भूमिकामाथि प्रश्न गरेका छन् । ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्‍तिमा उल्‍लेख छ ।

'आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ,' विज्ञप्‍तिमा भनिएको छ, '४ जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा विधिवत् निष्काशन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा त्यसतर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको छ ।' 



 


Author

थप समाचार
x